Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

के हो ‘वेद’ ?


ऋग-स्थिति, यजु-रुपान्तरण, साम-गतिशील र अथर्व- जड । ऋकलाई – धर्म, युजलाई मोक्ष, सामलाई-काम, अथर्वलाई – अर्थ पनि भनिन्छ । धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना गरिएका हुन् ।

१. ऋग्वेदः ऋक अर्थात स्थिति तथा ज्ञान। यसमा जल, वायु, मानस तथा हवनद्वारा चिकित्साको जानकारी छ । यसमा १२५ भन्दा बढी औषधिबारे ज्ञान छन् । जसलाई एक सय ७ स्थानमा पाइन्छ ।

२. यजुर्वेदः यजुर्वेदको अर्थ, यत्+ जु यजु। ‘यत्’को अर्थ गतिशील तथा ‘जु’ को अर्थ आकाश हुन्छ । यसका साथै कर्म, श्रेष्ठतम कर्मको प्रेरणा, यजुर्वेदको यज्ञको विधि तथा यज्ञमा प्रयोग हुने मन्त्र यो वेदमा उल्लेख छ । यज्ञका साथै तत्व ज्ञानको वर्णन पनि यजुर्वेदमा छ । वैद्य तथा कृषि विज्ञानको सबै विषय यसमा रहेका छन् ।

३. सामवेदः सामको अर्थ रुपान्तरण तथा संगीत हुन्छ । सौम्यता र उपासना पनि हुन्छ । यो वेद ऋग्वेदको ऋचाहरुको संगीतमय रुप पनि हो । सामवेद संगीतात्मक अर्थात गीतको रुप हो। यस वेदलाई संगीत शास्त्रको मूलको रुपमा लिइन्छ ।

४. अथर्ववेदः थर्वको अर्थ कम्पन र अथर्वको अर्थ अकम्पन हुन्छ, त्यसले अकम्प बुद्धि प्राप्त गरी मोक्ष धारण गर्छ । यस वेदबाट रहस्मयी विद्या, जडिबुटी, तुमर बथा आयुर्वेद आदिको ज्ञान पाइन्छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?