Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

संसदीय ब्यवस्था बचाउन गम्भीर हुने बेला आयाे


-डा गोविन्दराज पोखरेल

१) राजानै दिल्लिको शरणमा जानु परे पछि राणा बिरूद्द आन्दोलन तथा अन्तिममा राणासंग संझौता गरेर २००७ सालमा प्रजातन्त्र काग्रेसले नै ल्यायो
२). धेरैलामो अस्थिरता पछि २०१५ सालको चुनाव पश्चात काग्रेसको सरकारले रुपान्तरणकारी आर्थिक-सामाजिक कार्यक्रम अघि सार्यो
३) भुट्टोको फासी पछि बिथोलिएको देशको अवस्थालाई पन्च्यायतकै नेतृत्वमा भए पनि कम्युनिष्टहरूको बहिस्कारका बावजुद जनमत संग्रहको एजेण्डा स्विकारेर नेपाली काग्रेसले राजनीतिक निकास दियो।
४) २०४६ को उथुलपुथुललाई नेतृत्व दिएर कम्युनिष्टहरूलाई संगै लिएर संसदीय ब्यवस्थाको पुनर्थापना गर्यो र नया संविधान दियो नेपाली काग्रेसले
५)आफ्नै पार्टीसंगको कुण्ठाले दरवारमा बुझाएको संसद र संसदीय ब्यवस्था बिरूद्द जघन्य हिंसात्मक ससस्त्र आन्दोलन छेडेको कम्युनिष्टलाई संसदीय ब्यवस्था बचाउन संसदनै पुनर्स्थापना काग्रेसले गर्यो र नया संविधान पनि दियो।
६) अहिले पनि संसदीय ब्यवस्थाका प्रत्यक्ष र अप्रत्यक्ष बिरोधी तथा आलोचकहरूका औपचारिक /अनौपचारिक गतिविधिले यो ब्यवस्था प्रति निराशा फैलाई रहेको बेलामा काग्रेसले आफ्नो दर्शन र बिचारलाई साक्षी राखेर यो ब्यवस्था बचाउन गम्भीर भएर लाग्ने बेला आएको छ। आदरणीय नेताहरू संसदीय ब्यवस्थाका पक्ष पोषक नभएकाहरूको जस्तो टिट फर ट्याटमा नजाऔ। हामी बहुलवाद मान्नेहरूले संवाद संवाद संवाद वाटै समाधान निकाल्न घनिभुत लागौ। हामी ब्यवस्था सफल भएको हेर्न चाहान्छौ नकि ब्यक्ति।

-केन्द्रीय सदस्य,कांग्रेस


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?