Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन


७ चैत्र ,दोधारा चाँदनी । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ ।

यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिएका छन्‌ ।

“निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ”, उनले भने, “विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।”

उनका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्न पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ ।

चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस छन् ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?