Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

महानगरपालिका सेमीफाइनलमा, पौडेल ‘म्यान अफ दी म्याच’


काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो ।

पौडेललाई म्यान अफ दी म्याचका रुपमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । उहाँलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो । महानगरपालिकाका टीम म्यानेजर नविन चित्रकारका अनुसार काठमाडौँ महानगरपालिकासँगै मध्यपुर थिमी, चन्द्रागिरी, र महालक्ष्मी नगरपालिका टीम सेमीफाइनल खेलमा पुगेका छन् ।

महानगरपालिकाको टीमले मध्यपुर थिमी नगरपालिकाको टीमसँग सेमीफाइनल खेल खेल्नेछ । यो खेल आउँदो मंगलबार हुनेछ । सेमीफाइनलको अर्को खेल महालक्ष्मी नगरपालिकाको टीम र चन्द्रागिरी नगरपालिकाको टीमका बिचमा हुनेछ । यी दुई खेलका ४ टोलीमध्ये जित्ने दुई टोलीका बिचमा फाइनल खेल हुनेछ ।

वैशाख १५ गते सुरु भएको खेल गोदावरी नगरपालिकाको वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा भइरहेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ४–३ अन्तरमा जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र टीम क्याप्टेन नविन चित्रकारले गर्नुभएको छ ।

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?