Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

महानगरपालिका सेमीफाइनलमा, पौडेल ‘म्यान अफ दी म्याच’


काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो ।

पौडेललाई म्यान अफ दी म्याचका रुपमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । उहाँलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो । महानगरपालिकाका टीम म्यानेजर नविन चित्रकारका अनुसार काठमाडौँ महानगरपालिकासँगै मध्यपुर थिमी, चन्द्रागिरी, र महालक्ष्मी नगरपालिका टीम सेमीफाइनल खेलमा पुगेका छन् ।

महानगरपालिकाको टीमले मध्यपुर थिमी नगरपालिकाको टीमसँग सेमीफाइनल खेल खेल्नेछ । यो खेल आउँदो मंगलबार हुनेछ । सेमीफाइनलको अर्को खेल महालक्ष्मी नगरपालिकाको टीम र चन्द्रागिरी नगरपालिकाको टीमका बिचमा हुनेछ । यी दुई खेलका ४ टोलीमध्ये जित्ने दुई टोलीका बिचमा फाइनल खेल हुनेछ ।

वैशाख १५ गते सुरु भएको खेल गोदावरी नगरपालिकाको वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा भइरहेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ४–३ अन्तरमा जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र टीम क्याप्टेन नविन चित्रकारले गर्नुभएको छ ।

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?