Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

धादिङमा ट्रक दुर्घटना


काठमाण्डौ, धादिङमा ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे भन्ने स्थानमा मल बोक्न जाँदै गरेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिएका हुन्। दुर्घटना आइतबार बिहान करिब ११ बजे भएको हो।

उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु र ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा सोही वडाका राम रम्तेलका १० वर्षीय छोरा सन्तोष रहेका छन्। अन्य ८ घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ। चालकको पहिचान खुलिसकेको छैन। दुर्घटना कसरी भएको भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?