Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

धादिङमा ट्रक दुर्घटना


काठमाण्डौ, धादिङमा ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे भन्ने स्थानमा मल बोक्न जाँदै गरेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिएका हुन्। दुर्घटना आइतबार बिहान करिब ११ बजे भएको हो।

उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु र ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा सोही वडाका राम रम्तेलका १० वर्षीय छोरा सन्तोष रहेका छन्। अन्य ८ घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ। चालकको पहिचान खुलिसकेको छैन। दुर्घटना कसरी भएको भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?