Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

कम्प्यूटरको स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ


काठमाडौं। कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

सफ्टवेयर कम्पनीको स्रोत संकेत (Source Code) मा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?