Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना


काठमाडौँ। मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्तगरेका छन् ।

“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?