Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

जब मान्छेहरूले धेरै किताब पढ्छन् तब जिन्दगीमा यस्ता परिवर्तन आउँछन


१. गरिब, दुःखी, बिरामी, वृद्ध, भिखारीहरूमा पनि मान्छेहरू देखिन थाल्छन् !
२. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।
३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
६. आमा-बुबाको मूल्य बुझिन्छ !
७. प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
८. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
९. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
१०. जीवनमा शिक्षाको महत्व बुझिन्छ !
११. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन् तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
१२. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानवता !
१३. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् वास्तवमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
१४. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
१५. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्छन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?