Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

स्वस्थ जीवनशैलीका लागि दैनिक कति हिड्नु आवस्यक ?


एजेन्सी । लामो समयदेखि मानिसलाई स्वस्थ रहन एक दिनमा १० हजार पाइला हिड्नुपर्छ भनिँदै आइएको थियो । तर, एक नयाँ अनुसन्धानले फिट रहनका लागि एक दिनमा ५ हजार पाइला हिड्नु पर्याप्त हुने देखाएको छ ।

विश्वभरका २ लाख २६ हजार भन्दा बढी मानिसहरूको विश्लेषणले एक दिनमा ४ हजार पाइला मात्रै हिड्नु पनि कुनै पनि कारणले अकालमै मृत्युको जोखिम कम गर्न पर्याप्त हुने देखाएको छ ।

त्यस्तै, २ हजार ३ सयभन्दा बढी पाइला हिड्दा रगत र मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न पर्याप्त रहेको देखाएको छ । सो अध्ययनले जति पाइला हिँड्यो उत्ति नै फाइदा रहेको बताएको छ ।

४ हजारभन्दा माथि २० हजार पाइलासम्म हिँडिने प्रत्येक पाइलाहरूले चाँडै मृत्यु हुने जोखिम कम गर्ने बिबिसीमा उल्लेख गरिएको छ ।

पोल्याण्डको लड्जको मेडिकल युनिभर्सिटी र अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिड्ने फाइदाहरू सबै लिंग र उमेरका लागि लागू भएको पत्ता लगाएका छन् । तर, ६० वर्षभन्दा कम उमेर समूहका मानिसहरूका लागि हिड्नु अझै लाभदायक भएको बताइएको छ ।

लड्ज विश्वविद्यालयका प्रोफेसर मासीज बानाचले उपचारका लागि उन्नत औषधिहरूको संख्या बढ्दै गइरहेको बेला औषधिहरूमात्रै पर्याप्त नभइ व्यायाम महत्वपूर्ण भएको बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?