Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

स्वस्थ जीवनशैलीका लागि दैनिक कति हिड्नु आवस्यक ?


एजेन्सी । लामो समयदेखि मानिसलाई स्वस्थ रहन एक दिनमा १० हजार पाइला हिड्नुपर्छ भनिँदै आइएको थियो । तर, एक नयाँ अनुसन्धानले फिट रहनका लागि एक दिनमा ५ हजार पाइला हिड्नु पर्याप्त हुने देखाएको छ ।

विश्वभरका २ लाख २६ हजार भन्दा बढी मानिसहरूको विश्लेषणले एक दिनमा ४ हजार पाइला मात्रै हिड्नु पनि कुनै पनि कारणले अकालमै मृत्युको जोखिम कम गर्न पर्याप्त हुने देखाएको छ ।

त्यस्तै, २ हजार ३ सयभन्दा बढी पाइला हिड्दा रगत र मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न पर्याप्त रहेको देखाएको छ । सो अध्ययनले जति पाइला हिँड्यो उत्ति नै फाइदा रहेको बताएको छ ।

४ हजारभन्दा माथि २० हजार पाइलासम्म हिँडिने प्रत्येक पाइलाहरूले चाँडै मृत्यु हुने जोखिम कम गर्ने बिबिसीमा उल्लेख गरिएको छ ।

पोल्याण्डको लड्जको मेडिकल युनिभर्सिटी र अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिड्ने फाइदाहरू सबै लिंग र उमेरका लागि लागू भएको पत्ता लगाएका छन् । तर, ६० वर्षभन्दा कम उमेर समूहका मानिसहरूका लागि हिड्नु अझै लाभदायक भएको बताइएको छ ।

लड्ज विश्वविद्यालयका प्रोफेसर मासीज बानाचले उपचारका लागि उन्नत औषधिहरूको संख्या बढ्दै गइरहेको बेला औषधिहरूमात्रै पर्याप्त नभइ व्यायाम महत्वपूर्ण भएको बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?