Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड’ द्वारा वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित


काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रुपमा सम्मान गरेका छन् । काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

’श्रेष्ठले डेड दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।सौन्दर्यको क्षेत्रमार्फत श्रम तथा आर्थिक रुपमा मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एक/एक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् फेसियल हाउस पर्दै आएको छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?