Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

कार्की विशेष पुरस्कारद्धारा सम्मानित


काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्धारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबले एक लाख रुपैया रासीसहित विशेष पुरस्कारसहित सम्मान गरेको हो ।

शनिवार काठमाडौको होटल एभरेष्टमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताम्रपत्र र नगदसहित उनलाई सम्मान गरेका हुन । एक दशकदेखि क्लबको सञ्चालन र ब्यवस्थापनमा सक्रिय रहँदै आएका कोषाध्यक्ष कार्कीले क्लबसँगै रिपोर्टर्स नेपाल डटकम न्यूजपोर्टलको सफल ब्यवस्थापन गर्दै आएका छन ।

पुरस्कृत कार्की क्लबको गतिविधि र पत्रकारितासँगसँगै नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, ब्लड डोनरर्स एसोसिएशन लगायतका विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन । त्यसैगरी उनको नेतृत्वमा सञ्चालित एप हिमालय मार्फत उनी सूचना प्रविधि ब्यवसायमा समेत सक्रिय रहँदै आएका छन ।


प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?