Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

धोवीखोला सफाइ सुरु


काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजना अन्तर्गत आज रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नु पर्ने अवस्था छ । सफाइमा सहभागी हुनुभएका वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार भन्नुहुन्छ, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि बिशेष निगरानी रहनेछ ।’

सहरी स्वच्छताका लागि मानवीय आचरण सुधारको काम अवको प्राथमिकतामा पर्नु पर्छ । वडा नं. १० का सदस्य सतिश तण्डुकार भन्नुहुन्छ, ‘सफाइमा प्राप्त गरेको उपलब्धी जोगाउन प्रयत्न चाहिएको छ ।’

सरसफाइका लागि महानगरपालिकाले थालेका विभिन्न तहका कार्यक्रमहरुको संयोजनबाट अनुकरणीय नतिजा देखिन थालेका छन् । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्नुहुन्छ, ‘स्रोतमा फोहोर वर्गीकरण गर्ने अभियान सफल बन्दै गएको छ । यसबाट नदी सफाइमा पनि सहयोग पुग्नेछ ।’ सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ ।


प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?