Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

धोवीखोला सफाइ सुरु


काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजना अन्तर्गत आज रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नु पर्ने अवस्था छ । सफाइमा सहभागी हुनुभएका वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार भन्नुहुन्छ, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि बिशेष निगरानी रहनेछ ।’

सहरी स्वच्छताका लागि मानवीय आचरण सुधारको काम अवको प्राथमिकतामा पर्नु पर्छ । वडा नं. १० का सदस्य सतिश तण्डुकार भन्नुहुन्छ, ‘सफाइमा प्राप्त गरेको उपलब्धी जोगाउन प्रयत्न चाहिएको छ ।’

सरसफाइका लागि महानगरपालिकाले थालेका विभिन्न तहका कार्यक्रमहरुको संयोजनबाट अनुकरणीय नतिजा देखिन थालेका छन् । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्नुहुन्छ, ‘स्रोतमा फोहोर वर्गीकरण गर्ने अभियान सफल बन्दै गएको छ । यसबाट नदी सफाइमा पनि सहयोग पुग्नेछ ।’ सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ ।


प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?