Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत


४ चैत्र ,बनेपा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्‌ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे ।

उनले सङ्घीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्‌। बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सङ्घीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, सङ्घीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, कांग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले शिक्षकले खेल्नुपर्ने भूमिकाको चर्चा गरे ।

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वको जिम्मेवारी शम्भुप्रसाद घिमिरेले पाएका छन्‌ । सङ्घको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको महिला उपाध्यक्षमा रुपा थापा, अर्का उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ)मा सीताराम लामा, सहसचिव (महिला)मा फूलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ)मा महेश्वरी थापा, सहसचिव (समावेशी)मा रामप्रसाद चौलागाईँ र नवराज लामा निर्विरोध निर्वाचित भएका छन्‌ ।

समिति सदस्यमा क्रमशः दीनानाथ ढुङ्गाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सीता कँडेल, पूर्णदास श्रेष्ठ निर्विरोध भएका छन्‌ । सम्पन्न अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हीराबहादुर लामा, गोविन्द शर्मा, सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना निर्वाचित हुभएका छन्‌ भने प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाईँ, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुङ्गाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्वाचित भएका छन्‌ ।

कार्यक्रममा शिक्षक सङ्घ काभ्रेको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईँलाई सम्मान गरिएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?