Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत


४ चैत्र ,बनेपा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्‌ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे ।

उनले सङ्घीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्‌। बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सङ्घीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, सङ्घीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, कांग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले शिक्षकले खेल्नुपर्ने भूमिकाको चर्चा गरे ।

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वको जिम्मेवारी शम्भुप्रसाद घिमिरेले पाएका छन्‌ । सङ्घको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको महिला उपाध्यक्षमा रुपा थापा, अर्का उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ)मा सीताराम लामा, सहसचिव (महिला)मा फूलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ)मा महेश्वरी थापा, सहसचिव (समावेशी)मा रामप्रसाद चौलागाईँ र नवराज लामा निर्विरोध निर्वाचित भएका छन्‌ ।

समिति सदस्यमा क्रमशः दीनानाथ ढुङ्गाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सीता कँडेल, पूर्णदास श्रेष्ठ निर्विरोध भएका छन्‌ । सम्पन्न अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हीराबहादुर लामा, गोविन्द शर्मा, सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना निर्वाचित हुभएका छन्‌ भने प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाईँ, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुङ्गाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्वाचित भएका छन्‌ ।

कार्यक्रममा शिक्षक सङ्घ काभ्रेको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईँलाई सम्मान गरिएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?