Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी


४ चैत्र ,जनकपुरधाम ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन्‌ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई आज जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, स्थानीय तहका प्रमुखहरूसँग छलफल गरी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए ।

“दोस्रो संविधानसभा, अघिल्लो प्रतिनिधिसभादेखि निरन्तर संसद्मा भएकाले ऐन स्थानीय तहदेखि केन्द्रसम्म भोग्नुपरेका समस्याबारे जानकार छु । स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुशासन, कर्मचारी व्यवस्थापनलगायतका समस्या छन् । त्यसलाई सम्बोधन गर्ने गरी छिट्टै ऐन आवश्यक छ । संसद्को चालु अधिवेशनमा नै विधेयक पेस हुन्छ । त्यसैले अब तपाईँहरू (कर्मचारी)बाट सुशासनका लागि प्रतिबद्धता जरुरी छ”, उनले भने ।

मन्त्री मोदीले नयाँ बन्ने ऐनमा तहगत प्रणाली र कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्ने गरी सहमति भएको जानकारी दिए । “ऐनमा तहगत प्रणाली र उमेर हदका विषयमा सहमति भएको छ । कर्मचारी सरोकारका विषयमा पनि सम्बोधन भएकाले धेरै समस्या समाधान हुने सरकारको अपेक्षा छ”, मन्त्री मोदीले भने, “ट्रेड युनियन अधिकारका विषयमा पनि केही व्यवस्था गर्न लागिएको छ ।”

माओवादी निकट कर्मचारी सङ्गठन निजामतीका राष्ट्रिय अध्यक्ष हरिबहादुर रावल र आधिकारिक ट्रेड युनियनका सचिव अम्बादत्त भट्टलगायतले ट्रेड युनियन अधिकारबिनाको ऐन स्वीकार्य नहुने र यसमा गम्भीर नभए कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य हुने बताएका थिए ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?