Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई


रुपन्देही । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय एपीएफ क्लबले हात पारेको छ ।

पाल्पामा भएको फाइनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई रोक्दै उपाधि विभागीय एपिएफले हात पारेको हो । लगातार दुई खेल जितेको बागमतीसँग दवावमा परेको एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता एपिएफले शिल्ड मेडलसहित २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा फाइनलमा हारेका वागमती प्रदेश दोस्रो स्थानमा समेटिएको छ । प्रतियोगितामा दोस्रो स्थानमा समेटिएको वागमती प्रदेशले शिल्ड मेडलसहित १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फाइनलमा प्रतिस्पर्धा गरेको विभागीय एपिएफले सेमीफाइनलमा कोशी प्रदेश र बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई रोक्दै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

फागुन १८ देखि सुरु भएको प्रतियोगितामा सातवटै प्रदेश र विभागिय एपिएफ क्लबसहित ८ वटा टीमले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?