Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कसरी सुरक्षा गर्ने हाम्रा दाँतको ? हेर्नुहोस् ५ टिप्स


४ चैत्र, काठमाडाैँ । दाँत हाम्रो अनुहारका शोभा हुन् । यसको मतलब दाँत बिना अनुहारमा शोभा नै हुँदैन भन्ने पनि होइन् । उदाहरणका लागि शिशुहरू दाँत नभएरै पनि सुन्दर र हसिँला देखिन्छन्  ।

दाँत हाम्रो मुस्कानमा चमक थप्ने मात्र नभइ हाम्रो स्वास्थसँग पनि जोडिएका छन् । हाम्रो शरीरले पचाउन सक्ने गरी खानेकुराहरू पाचन प्रणालीमा पठाउनका लागि दाँतहरूको ठूलो भूमिका हुन्छ । यसका साथै चबाउने र बोल्ने जस्ता दैनिक क्रियाकलापहरूमा समेत दाँतको महत्व भुल्न सकिँदैन ।

दन्त विशेषज्ञहरूका अनुसार हाम्रो आत्मविश्वास र आत्मसम्मान अभिवृद्धिमा समेत दाँतहरूको भूमिका रहेको छ। तर, हामीले गर्ने केही कमजोरी अभवा हेलचक्र्याइँले हाम्रा सुन्दर दाँतहरू खराब हुँदै जाने र उमेर नपुगी फुस्किने समेत हुन्छन् । यहाँ हामी कसरी दाँतको उचित हेरचाह गर्न सकिन्छ भन्ने टिप्स प्रस्तुत गर्नेछाैँ ।

१. सुत्नुभन्दा अगाडी ब्रस गर्ने 

हेल्थअनलाइन डककमका अनुसार सुत्नुभन्दा अगाडी दाँत ब्रस गर्नु अत्यन्तै महत्वपूर्ण छ । यो सबैलाइ थाहा भएको टिप्स मध्ये एक भएता पनि अधिकांशले हेलचक्र्याइँ गर्ने गरेको उक्त अनलाइनमा उल्लेख छ । सुत्नुभन्दा अगाडी ब्रस गर्दा किटांणुहरूको संक्रमणको खतरा कम हुन्छ । जसले गर्दा दाँत सँधै स्वास्थ रहन्छन् ।

२. फ्लोराइड भएको मञ्जनको प्रयोग 

बजारमा दाँत माझ्नका लागि हजाराैँ ब्राण्डका मञ्जनहरू उपलब्ध छन् । हामीले धेरै विकल्प पाउँन सक्छाैँ । तर, ख्याग गर्नुपर्ने कुरा के छ भने हामीले फ्लोराइड प्रयोग गरिएको मञ्जनले दाँत  माझ्नु फाइदाजनक हुने हेल्थअनलाइन डककममा उल्लेख गरिएको छ । मुखको सुरक्षामा प्रभावकारी मानिएको फ्लोराडले दाँतको क्षयविरूद्ध लड्न मद्द्त गर्ने बताइएको छ ।

यो तत्वले क्षय निम्त्याउन सक्ने कीटाणुहरूसँग लड्ने काम गर्छ साथै दाँतको लागि सुरक्षात्मक अवरोध प्रदान गर्दछ।

३. पर्याप्त पानी पिउने 

मौखिक स्वास्थ्य सहित हाम्रो समग्र स्वास्थ्यको लागि पानी सबैभन्दा राम्रो पेय पदार्थ हो । साथै, रूल अफ थम्प अन्तर्गत श्वार्ट्जले प्रत्येक खाना पछि पानी पिउन सिफारिस गर्दछ । यसरी पानी पिउँदा दाँतहरूको बिचमा टाँसिने र अम्लीय खाना र पेय पदार्थहरूको केही नकारात्मक प्रभावहरू हटाउन मद्दत गर्ने हेल्थअनलाइन डककममा उल्लेख छ ।

४. चिनी र अम्लीय खानाहरू सीमित गर्ने 

बढी चिनी र अमिलो खानेकुरा हाम्रो समग्र स्वास्थ्यका लागि नै हानीकारक छन् । यसले हाम्रो दाँतहरूमा समेत नकारात्मक असर पार्ने भएका कारण सिमित गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

चिनी मुखमा एसिडमा परिणत हुन्छ, जसले हाम्रो दाँतको इनामेललाई मेटाउन सक्छ । यसको असरले दाँतहरूमा प्वाल गर्ने र किराले खराब पार्ने सम्भावना हुन्छ । अम्लीय फलफूल, चिया र कफीले पनि दाँतको इनामेललाई कम गर्न सक्छ । त्यसकारण यस्ता खानेकुराहरूबाट पनि सचेत हुन जरूरी छ ।

५. वर्षमा कम्तिमा दुई पटक दन्त चिकित्सकसँग परामर्श लिने 

हाम्रो दैनिक बानी हाम्रो समग्र मौखिक स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ । तर पनि, नियमित रूपमा दन्त चिकित्सकसँग परामर्श लिनु माैखिक स्वास्थ्यका लागि फाइदाजनक छ । स्वास्थ दाँतका दन्तचिकित्सकसँगई वर्षमा दुई पटक सफा र जाँचको लागि भेट गर्नुपर्ने हेल्थअनलाइन डककममा उल्लेख छ ।

यो अवधिका दन्तचिकित्सकहरूसँग परामर्श लिँदा सम्भावित समस्याहरू पत्ता लगाउन र उपचारका पद्धति अपनाउन सहज हुने बताइएको छ ।

एजेन्सीहरूको सहयोगमा


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?