Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न


काठमाडौँ। १८ औँ गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित तीन दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले कार्यक्रमको पहिलो दिन, जेठ १४ गते जनकपुरधामस्थित मधेस भवन परिसरमा सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने दोस्रो दिन, जेठ १५ गते, प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो।

तीन दिने कार्यक्रमको अन्तिम दिन, जेठ १६ गते, ऐतिहासिक जानकी मन्दिर परिसरमा सरसफाइ गरिनुको साथै जनकपुरधामस्थित मानव सेवा आश्रममा सहारा विहीन, अपाङ्ग, अशक्त तथा मानसिक रोगीहरूमाझ खाना वितरण गरिएको छ । उक्त अवसरमा गृह मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखी स्वयंको सहभागी रहयो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?