Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपासहितको गठबन्धन सरकार बन्दै


काठमाडौं। माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिएका छन् ।

त्यसैगरी, नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको छ भने पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिइने भएको छ ।

त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दिइन भएको सूत्रले जनाएको छ । प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए । त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए ।

उक्त बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली काँग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए । आजका संसद बैठक स्थगित भएपछि राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रम समेत सरेको छ भने सभाको नयाँ अध्यक्षको निर्वाचन पनि नयाँ राजनीतिक समीकरण अनुसार हुने निश्चित भएको छ ।

सरकार गठनमै दलहरू व्यस्त रहेकाले संसदका कार्यक्रमहरू अनिश्चित बनेका हुन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?