Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

बहुधार्मिक साझा तीर्थ मदारबाबा मेला सुरु


पाल्हीनन्दन,नवलपरासी। बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेकी छन् ।

त्यसैगरी, मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेकी हुन् । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, पञ्जाब, दिल्लीलगायत प्रान्तबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

इस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिनसम्म तप गरेर सिद्धि प्राप्त गरेको स्थानका रुपमा दाउन्ने पहाडमाथि रहेको मदारबाबाको मजारलाई लिइने मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अन्सारीले बताउदै यही फागुन १७ गतेदेखि सुरु भएको मेलामा हिन्दू र मुसलमान दुवै समुदायका मानिसको आस्थाको केन्द्र रहेको बताए ।

भक्तजनले आफ्ना यहाँ आएर समस्या समाधानका लागि भाकल गर्ने (मन्नत माग्ने) चलन रहेको भन्दै अन्सारीले भाकल पूरा भएपछि मेलामा आएर मदारबाबाको समाधिमा च्यादर चढाउने प्रचलन रहेको जानकारी दिइ। प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौँको सङ्ख्यामा देश विदेशबाट भक्तजनको आउने भए पनि स्थानीय प्रशासन एवं राज्यले मेलालाई व्यवस्थापनमा कुनै चासो नदेखाएको उनको भनाइ रहेको छ ।

हिन्दू सम्प्रदायको पशुपतिनाथ, गडिमाई, जनकपुरको रामजानकीलगायत मन्दिरमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीको लुम्बिनी, रामग्राम स्तूपा तथा मुस्लिम समुदायको मदारबाबा मेला पनि प्रख्यात रहेको अवस्थामा यसको प्रचारप्रसार र प्रवर्द्धनमा चासो नदिँदा ओझेलमा परेको संरक्षण संस्थाका अध्यक्ष अन्सारीले बताए ।

त्यस्तै, पर्यटन मन्त्रालय, स्थानीय प्रशासनलगायत सरोकारवाला निकायले यसको संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा अन्सारीले जोड दिदए । उनका अनुसार यस वर्ष व्यवस्थापन समितिले करिब १२ लाख पर्यटक यहाँ आउने अनुमान रहेको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?