Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’


चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुआत गरेको छ ।

प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको वडाअध्यक्ष रोशनराज गिरी बताउछन् ।

त्यसैगरी, करेसाबारीका लागि घरको छतबाट खसेको पानी सङ्कलन गर्ने घरैपिच्छे पोखरी तयार गरिएको छ । प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको वडाअअध्यक्ष गिरी बताउछन्। पानीको मूल र मुहानको प्रकृति जीवित राख्न वडाभर पाँच सयवटा साना–ठूला पानी पोखरी बनाइएको छ भने यस आर्थिक वर्षमा वडामा आएको रु ८५ लाख बजेटमध्ये रु ६० लाख कृषिमा विनियोजन गरिएको उनले बताए । त्यस्तै, जङ्गलमा झरेको पात सङ्कलन गर्न एक सयवटा खाल्डो तयार गरिएको छ भने १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ ।

त्यस्तै, किसानलाई मानसिकरुपमा कृषि कर्ममा तयार गर्नका लागि वडाअध्यक्ष किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशुपालन एवम् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका कोरिरहज्छन् । त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ । वडाअध्यक्षले बाख्रा वितरणलाई प्राथमिकतामा राख्नुभएको छ ।

केही सीमित किसानलाई बाख्रा वितरण गर्ने र ती बाख्राबाट उत्पादन भएकालाई पुनः अर्को किसानलाई वितरण गर्दै जाने उनको योजना रहेको छ भने सो क्रमले सीमित स्रोतबाट सबै किसान लाभान्वित हुनाका साथै सबै किसान छोटो समयमै पशुपालनमा आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?