Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’


चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुआत गरेको छ ।

प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको वडाअध्यक्ष रोशनराज गिरी बताउछन् ।

त्यसैगरी, करेसाबारीका लागि घरको छतबाट खसेको पानी सङ्कलन गर्ने घरैपिच्छे पोखरी तयार गरिएको छ । प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको वडाअअध्यक्ष गिरी बताउछन्। पानीको मूल र मुहानको प्रकृति जीवित राख्न वडाभर पाँच सयवटा साना–ठूला पानी पोखरी बनाइएको छ भने यस आर्थिक वर्षमा वडामा आएको रु ८५ लाख बजेटमध्ये रु ६० लाख कृषिमा विनियोजन गरिएको उनले बताए । त्यस्तै, जङ्गलमा झरेको पात सङ्कलन गर्न एक सयवटा खाल्डो तयार गरिएको छ भने १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ ।

त्यस्तै, किसानलाई मानसिकरुपमा कृषि कर्ममा तयार गर्नका लागि वडाअध्यक्ष किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशुपालन एवम् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका कोरिरहज्छन् । त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ । वडाअध्यक्षले बाख्रा वितरणलाई प्राथमिकतामा राख्नुभएको छ ।

केही सीमित किसानलाई बाख्रा वितरण गर्ने र ती बाख्राबाट उत्पादन भएकालाई पुनः अर्को किसानलाई वितरण गर्दै जाने उनको योजना रहेको छ भने सो क्रमले सीमित स्रोतबाट सबै किसान लाभान्वित हुनाका साथै सबै किसान छोटो समयमै पशुपालनमा आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?