Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’


काठमाडौं। अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ ।

त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ भने अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो । त्यस्तै, अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को रिपोर्टका अनुसार ओडिसिएसको अवतरणपछिको अवस्थाबारे औपचारिक भने जानकारी सार्वजनिक गरिएको छैन, तर मिसन निर्देशक टिम क्रेनले चन्द्रमाको सतहमा ओडिसियस रहेको बताएका छन् ।

त्यसैगरी, ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ  भने  ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । घामको किरण यहाँ पुग्दैन । यो खाडल नजिकैको समतल ठाउँ हो । मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए । यहाँ पानी भए पनि बरफको रूपमा रहेको वैज्ञानिकहरूको विश्वास रहेको छ ।

त्यस्तै, ५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ भने यसअघि सन् १९७२ मा अपोलो –१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो । यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस–१ मिसन पठाएको थियो, तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?