Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’


काठमाडौं। अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ ।

त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ भने अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो । त्यस्तै, अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को रिपोर्टका अनुसार ओडिसिएसको अवतरणपछिको अवस्थाबारे औपचारिक भने जानकारी सार्वजनिक गरिएको छैन, तर मिसन निर्देशक टिम क्रेनले चन्द्रमाको सतहमा ओडिसियस रहेको बताएका छन् ।

त्यसैगरी, ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ  भने  ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । घामको किरण यहाँ पुग्दैन । यो खाडल नजिकैको समतल ठाउँ हो । मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए । यहाँ पानी भए पनि बरफको रूपमा रहेको वैज्ञानिकहरूको विश्वास रहेको छ ।

त्यस्तै, ५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ भने यसअघि सन् १९७२ मा अपोलो –१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो । यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस–१ मिसन पठाएको थियो, तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?