काठमाडौं । अभियन्ता ई: ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् ।
यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए ।
प्रकाशित मिति: २८ माघ २०८०, आईतवार