Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सकारात्मक नतिजाका लागि दृढताका साथ प्रण गरौँ:  प्रविधिमन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गरेकी छन्।

सञ्चार मन्त्रालयमा आज आयोजित अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले भने, “सबैले आत्मसमीक्षा गरौँ, सकारात्मक नतिजा हासिल गर्न दृढताका साथ प्रण गरौँ ।”

चालु आर्थिक वर्ष २०८०/८१ को बाँकी अवधिसम्ममा निर्धारित काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री शर्माले एकअर्काको कमीकमजोरी औँल्याएर नभई जिम्मेवार भएर काम गर्नुपर्ने बताएकी छन् । “मन्त्री र सचिवको कामजोरी भए पनि खुलस्त भन्नुहोस्, यहाँहरुले पनि आत्मसमीक्षा गर्नुहोस्”, उनले भनिन्, “समीक्षा बैठकमा ‘हुन्छ’ भन्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य छैन ।”

त्यस्तै, मातहतका कार्यालय प्रमुखको ध्यान कार्यालयभन्दा अन्यन्त्र केन्द्रित हुँदा समस्या पैदा भएको उल्लेख गर्दै मन्त्री शर्माले तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यानाकर्षण गराइन् । कानुनको परिधिभित्र रहेर निर्णय गर्न निर्देशन दिँदै उहाँले असल मनसायका साथ गरेको निर्णयलाई मन्त्रालयले अभिभावकका रुपमा जिम्मेवारी लिने स्पष्ट पारिन्।

“अहिले पनि केही कार्यालय प्रमुख अनुसन्धानको घेरामा हुनुहुन्छ, सकारात्मक भावनाका साथ काम गर्दा डराउनु पर्दैन”, मन्त्री शर्माले भनिन् । स्रोतको सुनिश्चितता हुँदाहुँदै पनि प्राथमिकता प्राप्त आयोजनाको प्रगति न्यून हुनु गम्भीर विषय भएको उनले उल्लेख गरेकी छन्।

राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले स्रोतको सीमितताका बीचबाट उत्कृष्ट नतिजा निकाल्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरिन्। “जुन कार्यक्रमले तत्काल परिणाम दिन्छ, त्यसतर्फ लगानी गर्नुपर्छ” उनले भनिन् ।

उक्त मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयको समग्र पूँजीगत खर्च अत्यन्त न्यून देखिनु गम्भीर विषय रहेको भन्दै पूँजीगत खर्च वृद्धि गर्ने सामथ्र्यको विकास गर्नुपर्ने बताए ।

पूँजीगत खर्च हुन नसक्नुका कारण खोज्नुपर्नेमा जोड दिँदै उनले नवप्रवर्तनका योजनालाई चाँडो कार्यान्वयनमा लैजान निर्देशन दिए । सचिव सुवेदीले चालु आवको बाँकी अवधिमा निश्चित कार्यतालिका बनाएर काम आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?