Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय


काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेश सभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।

‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध आन्दोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरूप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता छ । उक्त बैठक प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ’, नेसपाको केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ ।

त्यस्तै, नेसपाले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न समेत माग गरेको छ ।

द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोजेको भन्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य जीतमान पुनलाई पक्राउ गरेकोमा पनि नेसपाले भर्त्सना गरेको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?