Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय


काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेश सभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।

‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध आन्दोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरूप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता छ । उक्त बैठक प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ’, नेसपाको केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ ।

त्यस्तै, नेसपाले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न समेत माग गरेको छ ।

द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोजेको भन्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य जीतमान पुनलाई पक्राउ गरेकोमा पनि नेसपाले भर्त्सना गरेको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?