Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नमोबुद्धमा शीतभण्डार निर्माण सुरु


नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

उक्त शीतभण्डारका लागि नगरकै जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा रु ८५ लाख विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी रु ९९ लाख खर्च हुने भएको छ । उक्त लागतमध्ये १५ प्रतिशत स्थानीय उपभोक्ताले व्यहोर्ने जनाइएको छ । कुल रु आठ करोड ३६ लाख ४६ हजार नौ सय ९९ लागत अनुमानमा तयार गरिने भण्डारणलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने नगरले योजना बनाइएको हो । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले छ च्याम्बरमा एक सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जीनियर उज्ज्वल अर्यालले बताउनुभयो ।

शीतभण्डार मङ्गलबार नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गर्नुभएको हो । उहाँले पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । स्थानीय उपभोक्ता सीता दाहालले शीतभण्डार सुरु गरिएकामा खुसी व्यक्त गर्दै अब आलुलगायत तरकारीको बीउ राख्न खर्च गरेर अन्त जानै नपर्ने बताउनुभयो।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?