Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

नमोबुद्धमा शीतभण्डार निर्माण सुरु


नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

उक्त शीतभण्डारका लागि नगरकै जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा रु ८५ लाख विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी रु ९९ लाख खर्च हुने भएको छ । उक्त लागतमध्ये १५ प्रतिशत स्थानीय उपभोक्ताले व्यहोर्ने जनाइएको छ । कुल रु आठ करोड ३६ लाख ४६ हजार नौ सय ९९ लागत अनुमानमा तयार गरिने भण्डारणलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने नगरले योजना बनाइएको हो । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले छ च्याम्बरमा एक सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जीनियर उज्ज्वल अर्यालले बताउनुभयो ।

शीतभण्डार मङ्गलबार नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गर्नुभएको हो । उहाँले पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । स्थानीय उपभोक्ता सीता दाहालले शीतभण्डार सुरु गरिएकामा खुसी व्यक्त गर्दै अब आलुलगायत तरकारीको बीउ राख्न खर्च गरेर अन्त जानै नपर्ने बताउनुभयो।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?