Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नेसपा केन्द्रीय समितिकाे निर्णय: प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधन


काठमाडौँ। डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

यही माघ २० गते काठमाडौँमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएको छ। उक्त एजेन्डा वर्षौंदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले उठाउँदै आएका छन्। त्यसैगरी बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको छ।

बैठकले शान्ति प्रक्रियाको बाँकी कामलाई तत्काल पूर्णता दिनुपर्ने, कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानका आधारमा नामांकन गर्नुपर्नेलगायत ८ बुँदे प्रस्ताव पारित गरेछ।

त्यसैगरी गरी नेसपाले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा नियोजित रूपमा प्रकाउ गरेको भन्दै रिहाइको माग गरेको छ।
नेसपाले जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र समाधान गर्नु पर्ने र त्यसैका निम्ति आयोग बनाइएको बताएको छ।

त्यसैगरी बैठकमा विधान संशोधनलगायत विषयमा सहमति भएको छ। नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ। नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सभ्भावना नरहेको पनि नेसपाले जनाएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र नेसपाले बोकेको समाजवादी एजेन्डाले मात्र मुलुकलाई तीव्र गतिमा समृद्धिको बाटोमा लैजान सक्ने पनि नेसपा बैठकमा छलफल भएको छ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?