Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नेसपा केन्द्रीय समितिकाे निर्णय: प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधन


काठमाडौँ। डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

यही माघ २० गते काठमाडौँमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएको छ। उक्त एजेन्डा वर्षौंदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले उठाउँदै आएका छन्। त्यसैगरी बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको छ।

बैठकले शान्ति प्रक्रियाको बाँकी कामलाई तत्काल पूर्णता दिनुपर्ने, कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानका आधारमा नामांकन गर्नुपर्नेलगायत ८ बुँदे प्रस्ताव पारित गरेछ।

त्यसैगरी गरी नेसपाले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा नियोजित रूपमा प्रकाउ गरेको भन्दै रिहाइको माग गरेको छ।
नेसपाले जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र समाधान गर्नु पर्ने र त्यसैका निम्ति आयोग बनाइएको बताएको छ।

त्यसैगरी बैठकमा विधान संशोधनलगायत विषयमा सहमति भएको छ। नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ। नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सभ्भावना नरहेको पनि नेसपाले जनाएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र नेसपाले बोकेको समाजवादी एजेन्डाले मात्र मुलुकलाई तीव्र गतिमा समृद्धिको बाटोमा लैजान सक्ने पनि नेसपा बैठकमा छलफल भएको छ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?