Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठले


काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् ।

त्यस्तै सहकारीबाट हुने ठगी नियन्त्रण गर्न सरकारले ऐन बनाउने, नियमनकारी निकाय गठन गर्ने, बचत तथा सुरक्षण कोष बनाउने, सहकारी विभागमा परेका उजुरीमाथि छानबिन गर्न तत्काल सुरक्षा निकायमा पठाउने गरी सरकारले निर्णय गरेको श्रेष्ठले जानकारी दिएका छन् । उनले सहकारीको नाममा ठगहरू देखा परेको भन्दै त्यसविरुद्ध सरकारले कडाइ गर्ने बताएका छन् ।

‘अपराध, ठगी, लुट र जालसाँजीमा कसैलाई पनि छुट दिन सकिँदैन । कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुट दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु’, उनले भने,‘अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ । कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ । अपराधी कसैलाई पनि छुट दिइने छैन ।’

वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिने बताएका छन् ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?