Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा : पूर्वप्रम ओली


३० फागुन ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन्‌ । मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए।

“मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता पुगेको छैन”, अध्यक्ष ओलीले भने ।

मानवअधिकार पाएपछि नै मानिस समृद्ध हुने भएकाले यसका लागि काम हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारका लागि भेदभाव नगरी बोल्नु मानवअधिकार रक्षकको कर्तव्य भएको बताए।

पूर्वमन्त्री पार्वत गुरुङले समाजको चरित्र निर्माणमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताएका छन्‌। गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामेश्वर सुवेदी, एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीलगायतले मानवअधिकारको रक्षाका लागि प्रत्येक वर्ष सम्मेलन आयोजना गरिने प्रतिबद्धता जनाएका छन्‌।

बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा ७७ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र पनि जारी गर्ने जनाइएको छ । कार्यक्रममा गत वर्षको दोस्रो सम्मेलनमा व्यक्त मन्तव्यको पुस्तिका सार्वजनिक गरिएको थियो ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?