Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट


काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

उक्तभेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताएका छन् ।

“शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,” उनको भनाई रहेको छ । इजरालयमा भएको हमासको आक्रमणमा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न उनले आग्रह समेत गरे ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा समेतव्यक्त गरेका छन् ।

उनका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?