Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विरोध


काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटक पटक प्रदर्शन समेत गर्दै आएका छन् ।

त्यस्तै, पछिल्लो पटक सोमबार पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन गरिएको छ । ‘मुन्धुमी आस्थाको पवित्र स्थल’ भएको भन्दै उनीहरूले त्यस क्षेत्रमा केबलकार निर्माण गरिनु नहुने बताउँदै आएका छन् । प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने जस्ता माग उनीहरुको छ ।

पाथीभरा जाने बाटोमा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ । निर्माणका लागि अब रुख कटानलगायत काम अघि बढाउने तयारी गरिएको छ । उक्त कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।

पाथीभरामा केबलबार बनिनुपर्छ भन्ने पक्षमा पनि कतिपय स्थानीय बासिन्दा देखिएका छन् । स्थानीय अशोक खतिवडा केबलबार निर्माण भए वृद्धवृद्धा र अशक्तहरु पनि पाथीभरा दर्शनका लागि आउन सक्ने भएकाले निर्माण हुनु उपयुक्त भएको बताउँछन् ।

उक्त केबलकार निर्माण गरे आगन्तुकहरुको संख्या उल्लेख्य बढ्ने र जिल्लाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ, तर निर्माण गर्दा यहाँको मौलिकता नष्ट नहुनेगरी गर्नुपर्ने उनले बताएका छन् । केबलकार निर्माणको कुरामा विवाद र विरोध सुरु भएपछि समन्वय गर्नका लागि ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ भने करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ ।

नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ ।

सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ भने पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?