Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विरोध


काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटक पटक प्रदर्शन समेत गर्दै आएका छन् ।

त्यस्तै, पछिल्लो पटक सोमबार पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन गरिएको छ । ‘मुन्धुमी आस्थाको पवित्र स्थल’ भएको भन्दै उनीहरूले त्यस क्षेत्रमा केबलकार निर्माण गरिनु नहुने बताउँदै आएका छन् । प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने जस्ता माग उनीहरुको छ ।

पाथीभरा जाने बाटोमा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ । निर्माणका लागि अब रुख कटानलगायत काम अघि बढाउने तयारी गरिएको छ । उक्त कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।

पाथीभरामा केबलबार बनिनुपर्छ भन्ने पक्षमा पनि कतिपय स्थानीय बासिन्दा देखिएका छन् । स्थानीय अशोक खतिवडा केबलबार निर्माण भए वृद्धवृद्धा र अशक्तहरु पनि पाथीभरा दर्शनका लागि आउन सक्ने भएकाले निर्माण हुनु उपयुक्त भएको बताउँछन् ।

उक्त केबलकार निर्माण गरे आगन्तुकहरुको संख्या उल्लेख्य बढ्ने र जिल्लाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ, तर निर्माण गर्दा यहाँको मौलिकता नष्ट नहुनेगरी गर्नुपर्ने उनले बताएका छन् । केबलकार निर्माणको कुरामा विवाद र विरोध सुरु भएपछि समन्वय गर्नका लागि ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ भने करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ ।

नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ ।

सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ भने पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?