Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पोखरा महानगरपालिकाले दियो तोरी खेती गर्ने किसानलाई अनुदान


गण्डकी। हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरी खेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिएका छन् ।

उक्त महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताएका छन् ।

त्यस्तै, महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ रहेको छ ।

“तोरीखेती बढ्दा घरघरमा हुन तेल आयातलाई न्यूनीकरणमा मद्दत पुग्छ, अर्कातिर तोरीबारी मौरीका लागि पनि उत्तम चरन क्षेत्र हो, तोरीले प्रकृतिमा सुन्दरता पनि थपेको हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष हिउँदे वर्षा नभएकाले सुक्खा र पाखो जमिनमा लगाइएको तोरीबालीमा केही समस्या आए पनि सिँचाइको सुविधा भएको ठाउँमा तोरीखेती फस्टाएको छ ।”

किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् भने तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । त्यस्तै, उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताए।

उनले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताएका छन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?