Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन, कोशीमा आयोजित चियापानप्रति असन्तुष्टि


काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

त्यस्तै, नेता शेखरले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए । राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ९ माघदेखि मौन अवधि तोके पनि दलहरुले त्यसको पालना नगरेकोमा प्रमुख निर्वाचन आयुक्त थपलियाको गुनासो थियो ।

आयोग स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरेका थिए ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् । सो निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख आयुक्त थपलियाले मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए भने कोशी प्रदेशमा मत बदर भएको थियो ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?