Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्छ :ओली


‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ — एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनु हुँदैन । कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कुन मात्रामा किनेको हो र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बताए ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?