Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्छ :ओली


काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनु हुँदैन । कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कुन मात्रामा किनेको हो र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बताए ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?