Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम


३० फागुन ,तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ ।

बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो । उनले भने, “यस वर्ष पर्यटन शाखामार्फत रु २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।”

त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि रु आठ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?