Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई रु दुई/दुई लाख, वडा नं ३ का दुई स्वास्थ्य चौकीलाई रु दुई÷दुई लाख र वडा नं २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई पाँच लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले बताउनुभयो । उहाँका अनुसार रेफ्रिजेरेटर, हाइस्केल, डिजिटल थर्मोमिटर, माइक्रोस्कोप, बेबी वार्मर, वासिङ मेसिन, बिपी सेट, डेन्टल सेट र ग्लब्सलगायतका सामग्री प्रदान गरिएको छ । कार्यक्रममा नेचा, सल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री प्राप्त भएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

वडा नं १, २ र ३ का स्वास्थ्य संस्थालाई सोमबार सामग्री हस्तान्तरण गरिएको छ भने वडा नं ४ र ५ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न बाँकी छ ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?