Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ आयोजना गर्दै नेविसंघ, प्रथमले साढे तीन लाख पाउने


काठमाडौं। नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । उक्त प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको र प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताएका छन्।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिस्पर्धा गर्ने बताए ।

तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरूलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने उनले बताएका छन्।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?