Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ आयोजना गर्दै नेविसंघ, प्रथमले साढे तीन लाख पाउने


काठमाडौं। नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । उक्त प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको र प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताएका छन्।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिस्पर्धा गर्ने बताए ।

तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरूलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने उनले बताएका छन्।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?