Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त


काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी महिला नेत्री द्रौपदा शर्मा पोख्रेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नीसमेत रहेकी द्रौपदाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोख्रेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पोख्रेलकी माता समेत रहेकी द्रौपदाको एक सय एक वर्षको उमेरमा माघ ९ गते बिहान काठमाडौंको सामाखुशी रानीबारीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

विसं २००७ को जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय पोख्रेल आफ्ना पति गोबर्द्धन शर्मा पोख्रेलको सर्वश्वहरणपछि विसं २०१८ को जनक्रान्तिमा सङ्लग्न हुँदा उहाँलाई गिरफ्तार गरेर पैदल हिँडाई पोखरा हिरासतमा राखिएको थियो ।

कांग्रेसको सङ्गठन विस्तार, राणाशासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक सङ्घर्षमा स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेल र उनकी धर्मपत्नीले पुर्‍ याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

उक्त पार्टीका नेता तथा कार्यकर्तालाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आएकी पोख्रेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेत्रीलाई गुमाएको जनाएको छ । सभापति देउवाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय पोख्रेलको परिवारजनले पुर्‍ याएको योगदानको स्मरण गर्दै स्वर्गीय पोखरेल प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उलले दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?