Trending
>>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

यी हुन् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने ४३ जना


काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ । विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो ।

त्यस्तै, त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो भने यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो ।

त्यस्तै, आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंह लगायतका रहेका छन् भने २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिँदै छ ।

विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिने सूचना जारी गरेको थियो भने सूचनाको म्याद सोमबार सकिएको छ ।

त्यस्तै त्रिविकै पूर्व उपकुलपति प्राडा तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन् ।

हेर्नुहोस् सूचीः-

ups-suchi


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?