Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

यू-१९ विश्वकपमा न्युजिल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


काठमाडौं। आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । उक्त खेल पौने दुर्ई बजे सुरु हुँदैछ ।

सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो भने नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।

त्यस्तै, समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्त्वपूर्ण हुनेछ भने नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् भने अर्का फिनिसर हुन् । नेपालले तीन स्पिनर खेलाएको छ । त्यस्तै, सुवास, तिलक र दीपेश तीनै स्पिनर नेपालको प्लेइङ ११ मा छन् ।

नेपालको प्लेइङ–११ मा देव खनाल (कप्तान) दीपक बोहरा, दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलक भण्डारी र आकाश चन्द रहेका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?