Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

कृषि विकास बैंकका वित्तीय सूचकहरूमा सुधार


काठमाडौं। कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ भने गत वर्षको यस अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ ऋणात्मक थियो ।

उक्त बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने बैंकले लोनलस प्रोभिजनवापत १ अर्ब ९ करोड रुपैयाँ छुट्याएको छ ।

त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ भने गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । बैंकको निष्क्रिय कर्जामा सुधार देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ४.५२ प्रतिशत रहेकोमा अहिले ३।०२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८७.५४ प्रतिशतबाट ७६.४६ प्रतिशतमा झरेको छ ।

त्यस्तै, आधार दर ९.८२ प्रतिशत छ भने निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.९७ प्रतिशत छ भने पुस मसान्तसम्म बैंकको सञ्चित नाफा कुल ७५ करोड २१ लाख रुपैयाँ छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?