Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

कोशीविरूद्ध बागमतीका आशुतोष घिराइयाको शतक


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को शतक प्रहार भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेशका आशुतोष घिराइयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन्।

त्यस्तै, टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीका ओपनर आशुतोषले ११८ रन बनाएका हुन्। उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गरे। जारी प्रधानमन्त्री कपमा यो पाँचौँ शतक हो। यसअघि कोशीका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए।

पहिलो दिन नेपाल पुलिस क्लबका रसिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?