Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कोशीविरूद्ध बागमतीका आशुतोष घिराइयाको शतक


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को शतक प्रहार भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेशका आशुतोष घिराइयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन्।

त्यस्तै, टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीका ओपनर आशुतोषले ११८ रन बनाएका हुन्। उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गरे। जारी प्रधानमन्त्री कपमा यो पाँचौँ शतक हो। यसअघि कोशीका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए।

पहिलो दिन नेपाल पुलिस क्लबका रसिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?