Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कालीगण्डकी कोरिडोरको काम धमाधमः सचिव शर्मा


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको भन्दै अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसक्ने जानकारी दिएका छन् ।

उनले कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने, कतै कडा चट्टान र हिजोआज जाडो मौसमका कारण कामको प्रगति न्यून रहेको जानकारी दिए । त्यस्तै यस वर्षको बजेट ३७ अर्बले घटेर आएको र कन्ट्रयाक्टरहरु हिँड्न थालिसकेको बताएका छन् ।

उनले भने,‘ कालीगण्डकी कोडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम गरिएको छ । एउटा गैँडाकोटदेखि मालढुङ्गा अर्थात पर्वत र बाग्लुङको सीमा मालढङ्गासम्म हुनेगरी २ सय ४० किलोमिटर । मध्य राम्दी रानीमहलसम्म ट्र्याक खुल्न बाँकी थियो, त्यो खुलेको छ । गैँडाकोटदेखि राम्दीसम्म कालोपत्रे करिब १ सय ३२ किमी करिब सम्पन्न भइसकेको छ । १९ किमी रहेको राम्दीदेखि रानीमहलसम्मको ठेक्का कालोपत्रे गर्ने चरणमा हामी छौँ । अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसकेको हुनेछ ।’

सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्रयाक खोल्न चिनियाँ सरकारको सहयोग लिएको समेत बताएका छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?