Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कालीगण्डकी कोरिडोरको काम धमाधमः सचिव शर्मा


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको भन्दै अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसक्ने जानकारी दिएका छन् ।

उनले कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने, कतै कडा चट्टान र हिजोआज जाडो मौसमका कारण कामको प्रगति न्यून रहेको जानकारी दिए । त्यस्तै यस वर्षको बजेट ३७ अर्बले घटेर आएको र कन्ट्रयाक्टरहरु हिँड्न थालिसकेको बताएका छन् ।

उनले भने,‘ कालीगण्डकी कोडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम गरिएको छ । एउटा गैँडाकोटदेखि मालढुङ्गा अर्थात पर्वत र बाग्लुङको सीमा मालढङ्गासम्म हुनेगरी २ सय ४० किलोमिटर । मध्य राम्दी रानीमहलसम्म ट्र्याक खुल्न बाँकी थियो, त्यो खुलेको छ । गैँडाकोटदेखि राम्दीसम्म कालोपत्रे करिब १ सय ३२ किमी करिब सम्पन्न भइसकेको छ । १९ किमी रहेको राम्दीदेखि रानीमहलसम्मको ठेक्का कालोपत्रे गर्ने चरणमा हामी छौँ । अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसकेको हुनेछ ।’

सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्रयाक खोल्न चिनियाँ सरकारको सहयोग लिएको समेत बताएका छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?