Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी


२८ फागुन ,काठमाडौँ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताeएका छन्‌। राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन्‌ ।

“तपाईँहरुको लागि सरकारका तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु”, मन्त्री मोदीले भने, “मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन्, अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।” राष्ट्रिय व्यक्तित्वको सम्मानका लागि आफूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ थियो ।

आर्थिक समस्याका कारण कलाकारले जीवनको उतराद्र्धमा उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मन्त्री मोदीले भने, “आर्थिक अभावले तपाईँहरुलाई निरास लागन सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्याङ्कन भएन कि भन्ने पनि तपाईँहरुलाई लाग्छ । तपाईँहरुसहित राष्ट्रिय व्यक्तित्वको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईहरुको कलाको राज्यले उचित सम्मान गर्छ ।”

मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताए । जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने प्रवृत्तिलाई अन्त्य गरेर भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा सरकार लागेको उनले बताए।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?