Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उत्तरगङ्गा आयोजना अघि बढाउनुपर्छ: मुख्यमन्त्री अधिकारी


२८ फागुन , बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन्‌ । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोसेढुङ्गा सावित हुने भन्दै अधिकारीले तत्काल काम थाल्नुपर्ने बताए । उनले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विद्युत् आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकरासँग अनुरोध गर्ने उनले बताए । गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगङ्गा कम चर्चामा रहने गरेको भन्दै उनले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका लागि सहयोग आवश्यक रहेको बताए ।

सम्भाव्यता अध्ययन सकिएको आयोजनाबाट आठ सय २६ मेगावाट विद्युत् निकाल्ने योजना रहेको भए पनि काम अघि बढ्न सकेको छैन । नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत ढोरपाटन उपत्यकामा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडकको काम सन्तोषजनक नभएको भन्दै उनले आयोजनाले तत्काल काम सक्नुपर्ने बताए । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो । ढोरपाटन नगरपालिकाका केही वडामा बाहेक अन्य तीनवटै पालिकाका वडामा केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ढोरपाटनमा अस्पताल र शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने अधिकारीले बताए ।

सांसद देवीप्रसाद भट्टचनले जनताको आर्थिकस्तर सुधार नभएसम्म समृद्धिको सपना पूरा गर्न नसकिने बताए । आयआर्जन र उत्पादनको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उनको धारणा थियो । गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले जनभावनाअनुसारकै विकास निर्माण र विधि विधान बनाउने काममा आफू लागिरहेको बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन, निसी र तमानको विकासका लागि तीनै तहका सरकारको साझा कार्यक्रम आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?