Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाउनु अघि अभिमुखीकरण दिँदै


काठमाडौं। नेपाली कांग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने तयारी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो ।

कांग्रेसले गत कात्तिकमै समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो भने पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा कांग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

त्यस्तै, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा कांग्रेस अभियान चलाउने केन्द्रीय समितिले निर्णय अनुरूप जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको हो ।

उक्त जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका रहेको छ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?