Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाउनु अघि अभिमुखीकरण दिँदै


काठमाडौं। नेपाली कांग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने तयारी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो ।

कांग्रेसले गत कात्तिकमै समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो भने पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा कांग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

त्यस्तै, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा कांग्रेस अभियान चलाउने केन्द्रीय समितिले निर्णय अनुरूप जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको हो ।

उक्त जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका रहेको छ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?