Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको स्तरोन्नति गरिँदै


ढोरपाटन,बागलुङ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो ।
विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख र गाउँपालिकाको रु एक करोड ३० लाख गरी रु दुई करोड ६० लाख विनियोजन गरी काम भएको हो ।
उक्त बजेटले स्तरोन्नतिको काम नसकिएपछि यस वर्ष केन्द्र सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेशले छुट्याएको रु ३० लाखले सडक स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिएका छन् । पाँच वर्षअगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा तीन वर्षदेखि निरन्तर स्तरोन्नतिको काम गरिरहेको उनको भनाइ रहेको छ ।
त्यस्तै, गत वर्ष सडक फराकिलो बनाउने, ठाउँठाउँमा कल्भर्ट र नाली निर्माण गरिएको गौतमले बताए ।  वैकल्पिक सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु तीन करोड बढी रकम खर्च गरिसकेको उनको भनाइ छ । करिब २५ किलोमिटर सडकको ६० प्रतिशत मात्रै स्तरोन्नति भएको छ । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो भने सो सडकले ढोरपाटन नगरपालिका–२ बाट निसीखोला गाउँपालिका–५ जोडेको छ ।
उक्त सडक साँघुरा र अप्ठ्यारा भएको हुँदा स्तरोन्नति गर्न थालेको गौतमले बताए । वैकल्पिक सडक २०७३ मा साबिक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट आठ रु लाख गरी रु ६१ लाखमा सडकको ट्र्याक खोलेको थियो भने सो सडकले निसीखोला गाउँपालिका–२, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरिदिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले यस सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा अगाडि बढेको भन्दै केही दिनमै काम सुरु हुने बताए । केन्द्र सरकारले रु ५० लाख विनियोजन गरेको हुँदा सो अनुसार ‘स्टिमेट’ गरेर ठेक्का लगाउन सूचना प्रकाशन गरिसकेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा यही महिनादेखि निर्माण कम्पनी काममा लाग्ने उनी बताउछन् ।
त्यस्ते, निसीखोला गाउँपालिका–२ का स्थानीय भीमबहादुर खत्रीले वर्षौंअगाडि खुलेको सडक हालसम्म पूर्णरुपमा स्तरोन्नति नहुँदा यात्रा र ढुवानी गर्न निकै समस्या हुने गरेको बताएका छन् । दुई वर्षदेखि स्तरोन्नति हुन थाले पनि हालसम्म आधा मात्रै सडक फराकिलो बनेको उनको भनाइ रहेको छ । सडक साँघुरो र गाडी नै गुड्न नमिल्ने हुँदा यस सडकमा कुनै पनि यातायातका साधन नगुड्ने खत्री बताउछन् ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?