Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल


२८ फागुन ,काठमाडौँ  । अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्‌ ।

नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रियामा उनले पाँच वर्ष सरकार सञ्चालन हुनसक्ने परिस्थिति निर्माण भएकाले अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गरे ।

अर्थविद् डा नेपालले विद्यमान आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सुधार गरी विकासको आधार तयार गरेर जनताको आवश्यकता पूर्तिमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थतन्त्रको सूचक राम्रो छैन, लगानी पनि बढेको छैन, सार्वजनिक सेवा पनि सुधारोन्मुख छैन, त्यसैले योजनाबद्ध सुधारका कार्यक्रम ल्याउन जरुरी छ ।

सेवाप्रवाहलाई नागरिकमैत्री बनाइनुका साथै आत्मनिर्भरता र उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।” सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?