Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल


२८ फागुन ,काठमाडौँ  । अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्‌ ।

नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रियामा उनले पाँच वर्ष सरकार सञ्चालन हुनसक्ने परिस्थिति निर्माण भएकाले अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गरे ।

अर्थविद् डा नेपालले विद्यमान आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सुधार गरी विकासको आधार तयार गरेर जनताको आवश्यकता पूर्तिमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थतन्त्रको सूचक राम्रो छैन, लगानी पनि बढेको छैन, सार्वजनिक सेवा पनि सुधारोन्मुख छैन, त्यसैले योजनाबद्ध सुधारका कार्यक्रम ल्याउन जरुरी छ ।

सेवाप्रवाहलाई नागरिकमैत्री बनाइनुका साथै आत्मनिर्भरता र उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।” सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?