Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित


भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् । उक्त सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो ।

सङ्घको आज सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए । उनका अनुसार यसअघि सङ्घका वरिष्ठ उपाध्यक्ष रहनुभएका धौवञ्जाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं, महासचिवमा नवीन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ् र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्वाचित गरेको छ ।

त्यस्तै, सदस्यमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् ।

महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाइँ, एशोसियट सदस्यमा जीतेन्द्र खायमली र राजेश त्वानावासु निर्वाचित भएका निर्वाचन समितिका संयोजक तिमिलाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?