Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर


काठमाडौं। वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ भने पुस महिनामा ८.९९ प्रतिशत थियो । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ भने एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

त्यस्तै, एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत् राखेको छ ।

पछिल्लो समय हरेक महिना जसो ब्याजदर घटिरहेको छ भने सो बैंकहरुमा अधिक तरलता र कम लगानी हुँदा निक्षेप व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?