Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सभामुखको शुभकामना


काठमाडौं। सभामुख देवराज घिमिरेले पृथ्वीनारायण शाहका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा उनले शुभकामना व्यक्त गरेका हुन् ।

“पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीनसय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक छन्”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा उहाँका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

सभामुख घिमिरले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनका रुपमा समेत स्मरण गरेका छन् ।

त्यस्तै, तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको सन्देशमा उल्लेख गरिएको छ ।

“मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भए पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्नेसमेत विश्वास व्यक्त गर्दछु ।”


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?